|
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य भारतीय कांग्रेसकी अध्यक्ष श्रीमती सोनिया गान्धीसँग नयाँ दिल्लीस्थित गान्धीकै निवासमा। तस्वीर सौजन्य : राजदूत नीलाम्बर आचार्यको ट्विटर

काठमाडौं : भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीबीच भेटघाट भएको छ।

स्वदेश फर्कन लागेका राजदूत आचार्यले श्रीमती गान्धीसँग भारतको राजधानी नयाँ दिल्लीमा बिदाई भेट गरेका हुन्। 

श्रीमती गान्धीकै निवासमा आज (मंगलबार) बिहान भएको भेटघाटमा दुई देशबीच रहेको सम्बन्धका विभिन्न पक्षमा विस्तृत छलफल भएको राजदूत आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा उल्लेख गरेका छन्।

उनले विशेषगरि नेपाल–भारतबीच रहेको ऐतिहासिक मैत्री सम्बन्धमाथि कुराकानी भएको उल्लेख गरेका छन्।

राजदूत आचार्यले गएको शनिबार भारतका विदेश राज्यमन्त्री भी मुरलिधरनसँग बिदाई भेट गरेका थिए। त्यसपहिले उनले भारतका विदेश सचिव हर्षवर्द्धन शृंगलासँग बिदाई भेटघाट गरेका थिए।

असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक आधारमा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। त्यही निर्णयका आधारमा फिर्ता बोलाइएका राजदूतको सूचीमा आचार्य पनि परेका हुन्।

उनी श्रीलंकाका लागिसमेत नेपाली राजदूत थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.