|
फाइल तस्वीर

डोटी : लगातारको वर्षा, हुरीबतास र बाढी-पहिरोले डोटीका विभिन्न ठाउँमा गरी ९ जनाको मृत्यु भएको छ। एक जना बेपत्ता छन्।

प्रहरीले सायल गाउँपालिका–६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घरमा पहिरो खस्दा उनका १४ वर्षीय छोरा सागर र १० वर्षीय आशीषको मृत्यु भएको जानकारी दिएको छ।

त्यस्तै जोरायल गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ। पहिरोमा जोरायलको वडा नं ३ का ६२ वर्षीय जोगी सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराको भनाइ उदृत गर्दै स्थानीय तारा कपड्यालले जोगी सार्कीकी श्रीमतीको उपचारका क्रममा स्थानीय पोलीक्लिनिकमा मृत्यु भएको खबर दिएका छन्।

त्यस्तै जोरायल गाउँपालिकाको वडा नं ४ मा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। सइकडा खोलामा आएको बाढीले घर भत्काउँदा ४२ वर्षीय सेरबहादुर बिक, उनको छोरा १८ वर्षीय मोहन, १३ वर्षीया पवित्रा बिक र १६ वर्षीय रबिन बिकको मृत्यु भएको जिल्ला प्रहरी डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए।

त्यस्तै शिखर नगरपालिका वडा नं ११ की ३५ वर्षीया मन्दरा बलायरको पहिरोबाट खसेको ढुंगा टाउकामा लागेर मृत्यु भएको छ। घाइते बलायरको उपचारका क्रममा सुजंग अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार सायल गाउँपालिकाको वडा नं १ मा छत्रेश्वर खोलाले बगाउँदा ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएका छन्।

उनीहरूको अस्थायी प्रहरी पोष्ट छपालीको प्रहरी टोलीले खोजबिन गरिरहेको छ। डोटीमा विभिन्न ठाउँका ६५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.