|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलमा जंगली हात्तीको आक्रमणबाट पति–पत्नीको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार बुधबार बिहान जंगली हात्तीले आक्रमण गर्दा ५५ वर्षीय ध्वजबहादुर कार्की र ४५ वर्षीया मथुरा कार्कीको मृत्यु भएको छ।

घर आँगनमा राखेको धान खाँदै गरेका हात्तीको बथानलाई भगाउन जाँदा दुवै जनामाथि हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन्। हात्तीको बथान बुधबार बिहान ३ बजे बस्ती छिरेको थियो।

घटना स्थलमा अहिले प्रहरीको टोली पुगेको छ। आक्रमण गर्ने हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लागेको प्रहरीले बताएको छ। हात्तीको बथानले मानवीय क्षति गर्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.