|
इलामको माईजोगमाईमा पहिरोले क्षति पुर्‍याएको घर

विराटनगर : अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी प्रदेश १ मा २३ जनाको मृत्यु भएको छ। मंगलबार आएको अविरल वर्षापछिको बाढी तथा पहिरोले इलाममा ८, पाँचथरमा ६, सुनसरीमा २, धनकुटामा ६ र उदयपुरमा १ को मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

बाढी-पहिरोमा परी धनकुटामा ५ जना, इलाममा ५ जना गरी १० जना बेपत्ता भएको  प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। उनका अनुसार बाढीमा परेर सयौँ घर डुबानमा परेका छन्। डुबानमा परेका घरको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

बाढी र पहिरोमा फसेकाहरुको उद्धार कार्य जारी छ। क्षतिबारे प्रारम्भिक सूचना आए पनि पूर्ण रुपमा आइनसकेको एसपी राईले बताए।

बाढीका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ। विमानस्थलमा बाढी पस्दा काठमाडौँ जाने र विराटनगर आउने यात्रु विमानस्थलमै अलपत्र परेका छन्। यसअघि दुई वर्षअघि पनि बाढीले विराटनगर विमानस्थल डुबानमा परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.