उद्धारका लागि हेलिकोप्टर पुग्‍यो

|

बझाङ : बझाङमा बाढी, पहिरोले घर भत्किँदा २३ जना अझै बेपत्ता छन्। थलारा गाउँपालिका- ४ डिक्लाको शीतल भन्ने ठाउँमा आएको पहिरोले २३ परिवारको विपत्ति पारेको छ।

पहिरोबाट बेपत्ता हुनेहरूमा उजली पार्की, हासु पार्की, आयसु पार्की, हिमा पाकीर्, सिमा पार्की, हर्क सार्की, धनगिरि सार्की, सीता सार्की, प्रभा सार्की, भूमिका सार्की, इस्वरा देवि सार्की, संजिव सार्की, सर्मिला सार्की, सुवास सार्की, विकास सार्की, मिकेस सार्की, मदन सार्की, कलु सार्की, एलिसा सार्की, कम्मा सार्की, सबिना सार्की, सरोज सार्की, सिम्जिबि सार्की बेपत्ता भएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

हालसम्म थलारामा ७ वटा घर पूर्णरूपमा पहिरोमा पुरिएका र १ सय ७० वटा घर सोही पहिरोको जोखिममा परेका छन्। १ सय ७० वटा घरका महिला, बालबालिका र पुरुष गरी जम्मा ३ सय जना गाउँकै त्रिभुवन माध्यामिक विद्यालयमा बसेको स्थानियले बताएका छन्।

पुरिएका घरमा धनजनको के कति क्षति भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। त्यस्तै जयपृथ्वी नगरपालिका–१ पिमीमा पहिरो जाँदा गाउँ नै जोखिममा परेको छ। कसैको घरको पाखोमा क्षति भएको छ भने कसैको घरमाथिबाट पानी तथा पहिरो आउँदा जोखिममा रहेकाले विद्यालयमा बास बसेका स्थानीय उत्तम सिंहले बताए।

उक्त स्थानमा हाल सम्म पनि प्रहरी पुग्न सकेका छैनन्। थलाराका पहिरो पीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर बझाङ पुगेको छ।

राजमार्ग अवरुद

अविरल वर्षाका कारण बझाङको विभिन्न जिल्ला जोड्ने जयपृथ्वी राजमार्ग पहिरोका कारण अवरुद भएको छ। केदारस्युँ गाउँपालिका–१ नारुगौडा, वित्थडचिर गाउँपालिका –स्थित पैरा र छविसपाथिभेरा गाउँपालिका –१ जालेबगर  लगायतका ठाउँमा माथिबाट आएको पहिरोले ५० मिटर सडक खण्ड बगाई सेती नदी राजमार्गमा बग्न थालेकाले राजमार्ग पुर्णरुपमा बन्द रहेको र आज मौसम सफा भएकाले खोल्ने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ।

काठे, मोटरेवल र झोलुङ्गे पुल बगायो

बझाङ जिल्लाभरी सेती नदी तथा सहायक नदी खोलाहरुले १ मोटरेवल पुल र २ वटा झोलुङ्गे पुल बगाएको छ। जयपृथ्वी नगरपालिका–३ मा बग्ने डुङ्गीखोलाले डुङ्गी र मष्टा गाउँपालिका जोड्ने झोलुङ्गे पुल बगाएको छ।

थलारा गाउँपालिका – ९ मा रहेको थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिका जोड्ने झोलुङ्गे पुल सेती नदीले बगाएको छ। तलकोट गाउँपालिका रातापानीमा रहेको काठको मोटरेवल पुल सेती नदीको बहाव बढेपछी बगेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

प्रहरी पोष्ट डुबानमा

कालंगा नदीको बहाव बढेपछि बित्थडचिर गाउँपालिका – ८ स्थिति बागथलामा रहेको अस्थायी प्रहरी पोष्ट बागथला डुबानमा परेको छ। ७ जना प्रहरी कार्यरथ रहेको अस्थाई प्रहरी पोष्ट बागथलाका प्रहरीहरु केदारस्युँ गाउँपालिका – ४ बागथलामा रहेको शिक्षोदय माध्यामिक विद्यालय बागथलामा बसेको अस्थायी प्रहरी पोष्ट बागथलाले जानकारी दिएको छ।

विधुत र टेलिफोन सेवा अवरुद्ध

बझाङमा ४ दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा संचार माध्यम संचालनमा आउन सकेका छैन। एनटिसीको नेटवर्क नहुँदा जिल्लामा बाढी, पहिरोको जानकारी लिन कठिन भएको छ।

एनसेलको सदरमुकाम बाहेक अन्य ठाउँमा काम गर्न छोडेको छ। त्यस्तै थलारा गाउँपालिका – ९ मा रहेको ५२ किलोवाटको जडारी गाड लघुजलविधुत आयोजनाको पावर हाउस बगाएको छ।

त्यस्तै जयपृथ्वी नगरपालिका– १ भण्डार र चिउरीको विचमा रहेको तेलपारि गार्ड लघुजलविधुत् आयोजनाको पावर हाउस र नहर बगाएको स्थानीय उकेश विष्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.