|

इलाम : पहिरोमा घर पुर्दा इलाममा दुईजनाको मृत्यु‚ पाँचजना बेपत्ता भएका छन्। यस्तै‚ पाँचजना घाइते भएका छन्।

प्रहरीका अनुसार मंगलबार राति फाकफोकथुम गाउँपालिका-१ ठिङ्गेपुरका नगबहादुर सेर्माको घर पहिरोले पुरिँदा घरभित्र रहेका चारजनामध्ये दुईजनाको मृत्यु भएको छ।

पहिरो गएको खबर प्राप्त हुनासाथ पुगेको प्रहरी र स्थानीयले दुईजनाको उद्धार गरेको छ। उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

मंगलबार राति नै फाकफोकथुम-३ मेलकोटेमा नेत्रबहादुर मोटेको घर पहिरोले पुरिंदा घरभित्र रहेका चारजनामध्ये तीनजनाको सकुसल उद्धार गरिएको छ। पहिरोमा परी नेत्रबहादुरकी श्रीमती ४९ वर्षीया नारायणीदेवी बेपत्ता भएकी छन्।

यसै गरी मंगलबार राति नै फाकफोकथुम-३ सल्लेरीका नैनसिंह कटुवालको घर पहिरोले पुरिंदा घरभित्र सुति रहेका चारजना बेपत्ता भएका छन्। बेपत्ताहरुको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.