बढीपहिरो र डुबान प्रभावित

|

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले केही दिनदेखि अविरल परेको वर्षका बाढीपहिरोबाट प्रभावितलाई तत्काल राहत,उद्धार र पुनःस्थापनाको काम गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले बुधबार विज्ञप्ति जारी गर्दै प्रभावितलाई तत्काल खोजी,राहत,उद्धार र पुनःस्थापना गर्न आग्रह गरेको हो।

बाढीपहिरोका कारण डोटी, डडेल्धुरा, बैतडी, बझाङ, हुम्ला, कालिकोट, धनकुटा, पाँचथर, इलाम, कैलाली, कञ्चनपुर, नवलपरासी लगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति पुगेको र धानबाली लगायत कृषिजन्य उत्पादन र पशुपन्छी नष्ट भएको पाइएको छ। तराईका विभिन्न स्थानमा रहेका घर डुबानमा परेको, सुदूरपश्चिमका अधिकांश जिल्लामा यातायात, टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको तथा विभिन्न राजमार्गमा क्षति पुग्दा आवतजावतमा समस्या भएको आयोगले जनाएको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक विपद्‌बाट हुने थप जोखिम न्यूनीकरण गर्न, विपद् प्रभावितको खोज, उद्धार, उपचार, मनोसामाजिक परामर्श र पुनःस्थापनाका सरोकारवालासँग समन्वय र सहकार्य गरी नागरिकको जीउ धनको रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.