|

​जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीपीडित प्रदेश २ का किसानका लागि विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेश २ को धानबालीमा व्यापक क्षति भएको उल्लेख गर्दै विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेका हुन्।

पछिल्लो बाढीले देशैभरि ठूलो क्षति भएपछि संघीय सरकारले क्षति व्यवस्थापनका लागि प्राधिकरणको बैठक बोलाएको थियो। बैठकमा मुख्यमन्त्री राउतले धान भित्र्याउने वेला आएको बाढीले धानबाली नष्ट हुनुका साथै अन्य बालीमा समेत असर परेको बताउँदै उनले संघ सरकारले प्रदेश २ का किसानहरूका लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने धारणा राखे।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भएको उक्त बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव लगायतको उपस्थिति रहेको थियो। पछिल्लो बाढीले धानबालीमा पुर्‍याएको क्षतिका कारण प्रदेश २ का किसान सबैभन्दा बढी समस्यामा परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.