|

काठमाडौं : बंगलादेशमा हिन्दु धर्मावलम्बीमाथि योजनाबद्ध रूपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा नेपालका लागि बंगलादेशको दूतावास अगाडि प्रदर्शन गरिएको छ। 

हालै बंगलादेशमा हिन्दु धर्मावलम्बीमाथि साम्प्रदायिक हिंसा तथा अल्पसंख्यकमाथि आक्रमण भएको भन्दै त्यसको विरोधमा बुधबार नेपाल अन्तरराष्ट्रिय कृष्णभावनामृत संघले नेपालका लागि बंगलादेशको दूतावास अगाडि प्रदर्शन गरेको हो।

संघले बंगलादेशी राजदूतलाई भेटेर ज्ञापनपत्र पनि बुझाएको छ। प्रदर्शनका क्रममा सम्बोधन गर्दै संघका अध्यक्ष रवि प्रजापतिले कुनै पनि देशका जनताले आफ्नो धर्म मान्न पाउने अधिकार सरकारले सुरक्षित गरिदिनुपर्ने माग राजदूतसमक्ष आफूहरूले राखेको बताए।

बंगलादेशमा अक्टोबर १३ देखि १५ को बीचमा साम्प्रदायिक हिंसा भएको र हिन्दुमाथि योजनाबद्ध रूपमा आक्रमण भई ८ जनाको मृत्यु भएको तथा ६ सयभन्दा बढी घर जलाइएको संघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.