|
वर्षाका कारण बैतडीको धर्मघरमा पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग खुलाइँदै।

बैतडी : अविरल वर्षाका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग आज दिउँसोपछि पुनः सञ्चालनमा आएको छ। राजमार्गअन्तर्गत बैतडीको धर्मघर, तारल, खिरेगाउँ, ढिकगाड, चमतडी लगायतका स्थानमा सोमबार पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो।

पहिरोलाई जेसिबीको सहायताले पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए।

अलपत्र परेका यात्रुहरू राजमार्ग खुलेसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्। यसका साथै गृहजिल्ला दार्चुला जानलागेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु समेत बाटो खुलेसँगै आज दार्चुला प्रस्थान गरेका थिए। मन्त्री बडु यसअघि बाटो अवरुद्ध हुँदा मंगलबार बैतडीको खोचलेकमा रोकिएका थिए।

यसैबीच गत ३ दिनदेखि अवरुद्ध विद्युत् र नेपाल टेलिकमको सेवा पनि सञ्चालनमा आएको छ।  

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.