|
वर्षापछि पानी जमेको विराटनगर विमानस्थल। तस्वीर : थाहाखबरडटकम

विराटनगर : बाढी पसेर विमानस्थलमा रोकिएका बुद्ध एयर र श्री एयरका एक एक हवाईजहाज भोलि (बिहीबार) साँझसम्म  विराटनगरमै रहने भएका छन्।

विराटनगर विमानस्थल कार्यालयले बिहीबार साँझ ५ बजेपछि मात्र उडान शुरु गर्ने भएपछि दुवै जहाज त्यहीँ रोकिने भएका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार दिउँसो वायुसेवा कम्पनीहरूलाई विमानस्थल बन्द रहने समय जानकारी दिएको छ।

सोहीअनुसार वायुसेवा कम्पनीले बिहीबारका लागि निर्धारित उडानसमेत रद्द गरेका छन्। यसअघि बुधबारका लागि निर्धारित उडान रद्द गरिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.