|
मेरापिकको फाइल तस्वीर

सोलुखुम्बू : मेरापिक क्षेत्रमा फसेकामध्ये ३ जनाको उद्धार गरी खोङ्‌मादिङ झारिएको छ।

एडभेन्चर भिक्टोरी सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार बुधबार बिहान उद्धारका लागि गएका ७ जना क्लाइम्बिङ शेर्पाले मेरालामा फसेका एक बेलायती र दुई जना नेपालीलाई उद्धार गरी खोङ्‌मादिङ झारेएको हो।

मंगलबार दिउँसोदेखि त्यहाँ फसेका बेलायती नागरिक स्टू सियन, सोलुखुम्बूको महाकुलुङ–३ का पासाङ छिरिङ शेर्पा र पासाङ शेर्पालाई अहिले खोङ्‌मादिङस्थित क्याम्पमा राखिएको छ।

उनीहरुको अवस्था सामान्य बन्दै गएको सञ्चालक कार्कीले बताए। मेरालाको ओढारमा ४ जना रहेको बताइए पनि एक जना क्लाइम्बिङ शेर्पा भने सम्पर्कविहीन भएको उनको भनाई छ। सम्पर्कविहीन हुनेमा सोलुखुम्बूका छेतेन शेर्पा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कटवालका अनुसार निरन्तर परेको पानी तथा हिमपातका कारण ५ हजार ७ सय मिटर उचाइमा रहेको मेराला ओढारमा ४ जना, हाइक्याम्पमा ४ जना र ५ हजार ३ सय मिटरको बेसक्याम्पमा २ जना आरोही मंगलबारदेखि फसेका हुन्।

उनीहरु एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चरमार्फत मेरापिक आरोहणमा गएका थिए।

उद्धार गर्न आएको हेलिकोप्टर लामीडाँडामा अवतरण

हिमपातमा फसेका पर्यटकलाई उद्धार गर्न मेरापिक क्षेत्र आएको हेलिकोप्टर मौसमको प्रतिकूलताका कारण अवतरण हुन नसक्दा खोटाङको लामीडाँडामा आकस्मिक अवतरण गरेको छ।

बिहीबार बिहान मौसम अनुकूल भए खोङ्‌मादिङ पुगेर एक विदेशीसहित अन्य दुई नेपालीलाई उद्धार गरि लुक्ला लाने तयारी गरिएको कम्पनीले जनाएको छ।

मकालु एडभेन्चरको व्यवस्थापनमा आएको फिस्टेल एयरको हेली अनुकूल मौसमको पर्खाइमा लामीडाँडा एयरपोर्टमा रहेको एडभेन्चर भिक्टोरीका सञ्चालक कार्कीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.