|

काठमाडौं : नेपालमा हस्पिटालिटी क्षेत्रमा चर्चा कमाएको सिद्धार्थ हस्पिटालिटीले कपिलवस्तुस्थित लुम्बिनी ग्रिन रिर्सोटसँग व्यावसायिक साझेदारी गरी आफ्नो सेवा सुरु गरेको छ। चन्रौटा बजार क्षेत्रमा खोलिएको उक्त रिर्सोट तीन बिघा क्षेत्रफलमा ५० करोड लगानीमा बनेको।

यस रिर्सोटमा ३६ वटा अत्याधुनिक सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक-फरक क्षमता भएका हल, पारिवारिक वातावरण भएको रेष्टुरेन्ट, बार, फुड कोर्ट, जिम, स्पा, सोैना, प्राइभेट डाइनिङ हल, वाटर पार्क, बालउद्यान, स्विमिङ पुल पर्याप्त पार्किङको सुविधा छ।

साथै उक्त रिर्सोटले पश्चिम नेपालका प्रमुख पर्यटकीय क्षेत्र र लुम्बिनीदेखि भारतको गोरखपुरका भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि उल्लेख्य भूमिका खेल्ने होटलका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए।

होटल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्युट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरू सञ्चालन गर्दै आएको सिद्धार्थ ग्रुपले हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर कैलालीको टीकापुर, कर्णाली चिसापानी, महेन्द्रनगर, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठमाडौंको बौद्घ, बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा, झापाको बिर्तामोडलगायत स्थानहरूमा २४ वटा शाखामार्फत गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ।

ग्रुपले देशका अन्य प्रमुख शहरहरूमा पनि व्यवसाय विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ। सिद्धार्थ ग्रुपले नेपालगन्जमा चार तारे होटल सञ्चालन गरिरहेको छ भने भैरहवामा पाँचतारे होटल सञ्चालनको तयारीमा छ। त्यस्तै, इलामको फिक्कल र जुम्लामा पनि आफ्नो सेवाविस्तार गर्न लागेको जानकारी कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.