|

काठमाडौं : बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। तर, सत्तारूढ नेकपा एमालेले नै बैठकमा उपस्थित हुन नसक्ने भनेपछि अन्योल पैदा भएको छ।

आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची थियो। गत असोज २४ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकी थिइन्। प्रस्तावमाथि आज बस्ने बैठकमा छलफल र मतविभाजन हुने तय भए पनि एमालेले प्रदेशसभाको बैठक सार्न भन्दै सभामुखलाई पत्र पठाएको छ।​

पार्टीको वडा तथा स्थानीय तहको अधिवेशन सुरु हुन लागेकाले त्यता व्यस्त हुनुपर्ने कारण देखाउँदै एमालेले बैठक सार्न माग गरेको हो। आजको बैठकमा उपस्थित हुन नसक्ने भन्दै एमालेले बैठक कात्तिक ११ गतेलाई आग्रह गरेको छ।

स्पष्ट अल्पमतमा परिसके पनि मुख्यमन्त्री शाक्यले प्रदेशसभामा विश्वासको मत लिन आलटाल गर्दै आएकी छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.