|

काठमाडाैं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ । 

शर्माको कार्यकक्षमा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसप्रकारको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप सहयोग पुग्ने विश्वास सेनाले लिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.