|

नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी) बलिउड अभिनेता शाहरुख खानको घर पुगेको छ। क्रुज ड्रग्स केसको अनुसन्धानका क्रममा एनसिबी खान निवास मन्नत पुगेको हो। 

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार बिहीबार दिउँसो एनसिबी टोली शाहरुखको घर पुगेको हो। साथै एनसीबी टोली बलिउड अभिनेत्री अनन्या पाण्डेको घर पनि पुगेको बताइएको छ। अनुसन्धानको क्रममा एनसिबीले कुनै व्यक्तिलाई भेट्दैमा त्यो छापा हानेको नहुने एनसिबी कै एक सदस्यले बताएका छन्। 

एनसीबी मन्नत पुगेपछि अधिकांश सञ्चार माध्यमले शाहरुख खानको घरमा छापा हानेको समाचार सम्प्रेषण गरिरहेका छन्। अनुसन्धानबारे एनसीबीको औपचारिक जानकारी आउन भने बाँकी छ। 

लागुऔषध मुद्दामा समातिएका शाहरुखका छोरा आर्यनको जमानतको लागि दिइएको निवेदन फेरि खारेज गरिएको छ। एनसिबीले आर्यनका विरुद्ध आफूहरूसँग प्रमाण रहेको बताएपछि अदालतले निवेदन खारेज गरेको हो। 

आर्यनसँगै अरबाज मर्चेन्ट र मुनमुन धमेचाको पनि जमानत रोकिएको छ। यो सँगै आर्यन थप केही दिन जेलमै रहने निश्चित भएको छ। 

एनसिबीले प्रमाणको रुपमा आर्यनको ह्वाट्सएप च्याट पेश गरेको थियो। आर्यनको अन्तर्राष्ट्रिय ड्रग डिलरहरूसँग सम्बन्ध रहेको एनसिबीले दावी गरेको छ। ह्वाट्सएप च्याटमा अनन्याको पनि नाम जोडिएको थियो। 

जमानतका लागि दिइएको निवेदन रद्द भएपछि आर्यनका वकिल हाइ कोर्ट जाने तयारीमा रहेको बताइएको छ। अहिले आर्यनको केस वरिष्ठ वकिल अमित देसाइ र सतीश मानशिन्देले हेरिरहेका छन्।

गत अक्टोबर ३ मा आर्यन ड्रग्स केसमा समातिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.