|

काठमाडौं : सेयर काराेबार हुने साताको अन्तिम दिन बिहीवारको सेयर बजार दोहोरो अंकले घटेको छ।

बुधवार ६० अंकले उकालो लागेको नेप्से परिसूचक बिहीवार १४.७० अंकले घटेर दुई हजार पाँच सय ५६.९६ बिन्दुमा झरेको छ। बिहीवार बजारमा तीव्र उतारचढाव देखिएको थियो। नेप्से परिसूचकसँगै काराेबार रकममा पनि घटेको छ।

बुधवार दुई अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर काराेबार भएकोमा बिहीवार जम्मा दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आज सबैभन्दा बढी काराेबार गर्ने अधिकांश वाणिज्य बैंक छन्।

बिहीवार सानिमा, माछापुच्छ्रे, नबिल र सिद्धार्थ बैंक बढी काराेबार गर्नेको अग्रस्थानमा रहेका छन्। जसमध्ये सानिमा बैंकको सबैभन्दा बढी अर्थात २७ करोड १२ लाख रुपैयाँ बराबरको सेयर काराेबार भएको छ।

त्यस्तै, दोश्रो स्थानमा रहेको माछापुच्छ्रे बैंकको ११ करोड ५६ लाख रुपैयाँ, तेश्रोमा रहेको नबिलको ९ करोड ६४ लाख र सिद्धार्थ बैंकको ८ करोड रुपैयाँ बराबरको सेयर काराेबार भएको छ।

दोहोरो अंकले घटेको बजारमा पनि मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बिहीवार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.८७ प्रतिशतले घटेको छ।

बुधवारको तुलनामा संस्थाको सेयर मूल्य १७.६० रुपैयाँले घटेर प्रतिकित्ता दुई सय ८२ रुपैयाँमा झरेको छ। बजारमा म्युचुअल फण्ड र अन्य समूह बाहेक काराेबारमा आएका सबै समूह राताम्मे देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.