|

हेटौंडा : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभा बैठकमा विश्वासको मत मागेकी छन्। 

बिहीबार बसेको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री शाक्यले विश्वासको मत मागेकी हुन्।  शाक्यले एमाले नेतृत्वको सरकारले हालसम्म गरेको काम र ६२ दिनमा आफ्नो नेतृत्वको सरकारले गरेको उपलब्धिको बारेमा सदनलाई जानकारी गराउँदै विश्वासको मत मागेकी छन्। 

उनले छोटो समयमा नै आफ्नो नेतृत्वको सरकारले उपलब्धिमूलक काम गरेको दाबी गरिन्। एमाले विभाजनमा १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन्। गत भदौ २ गते नेपालको पहिलो महिला मुख्यमन्त्रीको रुपमा सत्तारोहण गरेकी अष्टलक्ष्मीले सरकारको नेतृत्व गरेको बिहीबार ६२ दिन भएको छ।  

प्रदेश सरकारमा आफ्नो सरकारको ६२ दिने अवधिको प्रगति प्रस्तुत गर्दै मुख्यमन्त्री शाक्यले आफ्नो सरकारलाई विश्वासको मत दिन आग्रह गरिन्। तर, उनले विश्वासको मत नपाउने निश्चित छ। १०९ सांसद रहेको प्रदेशमा सरकार टिकाउन ५५ मत आवश्यक पर्छ तर शाक्यसँग ४३ मत मात्रै छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.