|

काठमाडौं : नेकपा एमालेको आगामी १० औं महाधिवेशन चितवनमा हुने भएको छ।

आज बसेको एमाले स्थायी कमिटी बैठकले एमालेको महाधिवेशन चितवन गर्ने निर्णय गरेको हो। यस्तै बैठकले नेता रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि गरेको छ।

बैठकले १३ जनाको नाम टुंगो लगाएको छ भने आठ जनाको नाम भोलि २ बजे बस्ने बैठकले टुंग्याउने सो पार्टीले जनाएको छ। यसअघि एमालेको महाधिवेशन बुटवलमा हुने भनिएको थियो। 

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार महाधिवेशन मंसिर १० देखि १२ गते सम्म हुने छ। उनका अनुसार मुल व्यवस्थापन समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन्।

त्यस्तै सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक÷एक जना रहने गरी मुल व्यवस्थापन समिति गठन भएको छ।

यस्तै एमालेको केन्द्रीय निर्वाचन आयोगका पदाधिकारीले सपथ लिएका छन्। स्थायी कमिटी बैठकमा आयोगका अध्यक्ष र सदस्यहरूले सपथ लिएका हुन्।

असोज १५ देखि १७ गतेसम्म चलेको विधान महाधिवेशनले विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग गठन गरेको थियो।

आयोग सदस्यहरूमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.