|

काठमाडौं : यु–२३ नेपाली राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यु–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ। ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।

यु–२३ एएफसी एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन्।

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्ने तालिका छ। यस्तै‚ दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ। छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी एसियन कप खेल्नेछन्। यस्तै‚ दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि एसियन कपमा छनोट हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.