|

काठमाडौं : साहित्यकार गीता खत्रीको नियात्रा कृति ‘उडेको आकाश डुलेको धर्ती’ सार्वजनिक भएको छ। शताब्दी पुरुष सत्यमोहन जोशीको बाहुलीबाट जोशीकै निवासमा कृति सार्वजनिक गरिएको हो।

लामो समयदेखि प्रवासमा रहेर नेपाली भाषा र साहित्यमा संलग्न साहित्यकार खत्री अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड परिषद्‍की सभापति पनि हुन्।

कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले समीक्षा गरे। यसैगरी कार्यक्रममा अनेसासका सल्लाहकार तथा  निवर्तमान अध्यक्ष साहित्यकार राधेश्याम लेकाली र अनेसास बिओटी सल्लाहकार प्रा.डा. खगेन्द्र लुइँटेलले लेखिका खत्रीलाई बधाइ दिँदै शुभकामना मन्तब्य राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.