|

स्कटल्यान्ड क्वालिफायर समूह बी मा शीर्ष स्थानमा रहँदै शीर्ष १२ मा पुगेको छ। टेष्ट टोली बंगलादेशलाई पछि पार्दै स्कटल्यान्डले शतप्रतिशत नतिजा निकाल्दै समूह विजेताका रुपमा अन्तिम १२ मा स्थान बनाएको हो। समूह बी को अन्तिम खेलमा स्कटल्यान्डले घरेलु टोली ओमानलाई ८ विकेटले पराजित गर्दै शिर्ष स्थान पक्का गरेको हो।

उक्त समूहमा उपविजेताका रूपमा बंगलादेशपनि सुपर १२ मा पुगेको थियो। जितको लागि १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको स्कटल्यान्डले १७ ओभरमा २ विकेट गुमाएर सहज रुपम जित ८ विकेटको जित निकाल्यो।

उसका लागि काइल कोट्जर ४१ रन बनाउँदा म्याथ्यु क्रस २६ रनमा अविजित रहे। त्यस्तै, रिची बेरिंगटन ३१ रनमा अविजित रहे। ओपनर जर्ज मुन्शे २० रन बनाएका थिए। ओमानका फैज बट र खवर अलीले १-१ विकेट लिए।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले २० ओभरमा १ सय २२ रन बनाएको थियो। ओमानका ओपनर अकिब इलायसले सर्वाधिक ३७ रन बनाए। जिशान मकसुदले ३४ रन जोडे अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन।

सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता बंगलादेश रहनेछन्। समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता स्कटल्यान्ड र समूह ए को उपविजेता रहनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.