|

काठमाडौं : नेकपा (एमाले)का सचिव योगेश भट्टराई वीर अस्पताल भर्ना भएका छन्।

केही दिनदेखि उच्च ज्वरो आएपछि भट्टराई शुक्रबार अस्पताल भर्ना भएका उनका स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिएका छन्। 

‘नेकपा (एमाले) सचिव प्रतिनिधिसभा सदस्य योगेश भट्टराई विगत केहि दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहनु भएको थियो।' उनले फेसबुकमा लेखेका छन्, ‘उच्च ज्वरो कम नभएपछि आज दिउँसोबाट उहाँ वीर अस्पतालमा भर्ना हुनुभएको छ।’

डाक्टरको सल्लाह बमोजिम सात दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको उनले उल्लेख गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.