|

धनगढी : नेपाल वायु सेवा निगमको विमानले सुदूरपश्चिमका पहाडी जिल्लामा उडान भर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि निगमको विमानले उडान भर्ने भएको हो।

बेमौसमी वर्षासँगै आएको बाढी-पहिरोले पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले नागरिकलाई सहज रुपमा सेवा दिन निगमका जहाजलाई उडान भर्न मन्त्री आलेले निर्देशन दिएका थिए।

सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा निगमले कैलालीको धनगढीबाट आइतबारदेखि नियमित सेवा सञ्चालन गर्ने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए। उनले भने, ‘बाजुरामा हाम्रो जहाज सञ्चालन थियो, अब मन्त्रीज्युको निर्देशनपछि बझाङ, बाजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुने छ।’

बाढी-पहिरोको क्षति निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुगेका मन्त्री आलेलाई नागरिकले सडक अवरुद्ध हुँदा समस्या भएको र जहाज सञ्चालनका लागि आग्रह गरेका थिए। सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सहुलियत भाडा दर कायम गरी हवाइ उडान गर्ने योजना रहेको वायुसेवा निगमको कार्यालयले जनाएको छ। मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले आइतबारदेखि धनगढी–काठमाडौं पनि उडान गर्ने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.