|

सुर्खेत : सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटुकुवा सामुदायिक वनमा घाँस काट्न गएको समयमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन्।

घाइते हुनेहरूमा दैलेखको गुराँस गाउँपालिका–६ जहरेका २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ नरेश रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए।

निरीक्षक शाहीका अनुसार घटना पौने १२ बजेको हो। प्रहरीका अनुसार उनीहरू वीरेन्द्रनगर–७ इत्राममा बस्दै आएका थिए। घाइतेको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ।

घाइते दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उक्त वनमा नेपाली सेनाले अस्थायी तालिम सञ्चालन गर्ने जंगल भएकाले कतै पुरानो बम बचेको पनि हुनसक्ने प्रहरीको आशंका छ। घटनाबारे थप अनुसन्धान भइरहेको शाहीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.