|

काठमाडौं : कात्तिकको बेमौसममा परेको अविरल वर्षाले देशका विभिन्न भागमा धानबालीमा व्यापक क्षति गराएको  भए पनि राजधानीको काँठ क्षेत्रका किसानलाई यतिबेला धान भित्र्याउन धमाधम छन्।

उपत्यकाका शहरी क्षेत्रका धेरै उर्वर फाँटहरु आवास क्षेत्रमा परिणत भए पनि काँठ क्षेत्रमा अझै धेरै किसान कृषिमा निर्भर छन्। धान रोप्ने र उठाउने बेलामा सबैको एकैपटक पर्ने हुनाले यतिबेला खेतालाको अभाव हुने गर्छ।

खेतालाको कमी भएपछि गाउँलेहरु आफैँ मिलेर एक- अर्काको खेतमा सघाएर काम गर्ने गर्दछन्। पाकेको धानबाली सकुशल भित्र्याउन पाउँदा यहाँका किसान खुसीले मक्ख छन्।

                                                                                                         तस्बिरहरू : गोरखापत्र

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.