|
जलमग्न कुमाउँ क्षेत्र।

देहरादून : भारतको उत्तराखण्डमा शुक्रवार आएको भीषण वर्षाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ। यसैगरी २४ जना सिकिस्त रहेका छन्।

राज्य आपदा मोचन बलको टोलीले वागेश्वर जिल्लाको पिंडारी र काफनी ग्लेशियरमा फसेका ६५ पर्यटकको उद्धार गरेको छ।

बुधबारदेखि लगातार तीन दिनसम्म भएको भीषण वर्षाले उत्तराखण्डको कुमाउँ क्षेत्र सर्वाधिक प्रभावित भएको छ। यहाँ करिब २ अर्बभन्दा बढीको क्षति भएको बताइएको छ।

यसैगरी बागेश्वरमा फसेका ट्रेकिङ दलका ६ सदस्यको खोजीका लागि तयार राखिएका हेलिकोप्टर खराब मौसमका कारण उड्न सकेका छैनन्।

मुख्यमन्त्री पुष्करसिंह धामी शुक्रवार प्रभावित क्षेत्र पुगेका थिए। उनले उत्तराखण्डमा ७० अर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.