|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार ४ हजार ९ सय ७२ जनाको  पिसिआर र १ हजार ९ सय ५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय १३ जनामा संक्रमण पुष्टि भएको हो। 

यस्तै आज ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो अवधिमा ८ सय १७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको विवरण अनुसार हाल देशभर १० हजार ५ सय ५९ सक्रिय संक्रमित रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.