|

काठमाडौं : टी-२० विश्वकपमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ। समूह १ अन्तर्गत भएको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनायो। जवाफमा उक्त लक्ष्य अस्ट्रेलियाले २ बल बाँकी हुँदा ५ विकेट गुमाएर पुरा गर्‍यो। दक्षिण अफ्रिकाका लागि एडेन मार्करमले सर्वाधिक ४० रन बनाए।

त्यस्तै अस्ट्रेलियाका लागि जोश हेजलवुड, एडम जम्पा तथा मिचेल स्टार्कले २÷२ विकेट लिए। ११९ रनको लक्ष्य पछ्याएको कंगारु टोलीले १९.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

एक समय ८१ रनको अवस्थामा अस्ट्रेलियाको ५ विकेट लिएर दक्षिण अफ्रिकाले खेलमा फर्कने प्रयास गरेको थियो। तर मार्कुस स्टोइनिस र म्याथ्यु वेडले छैटौं विकेटका लागि २७ बलमा ४० रनको अविजित साझेदारी गरेपछि अस्ट्रेलिया विजयी बन्यो।

११९ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाको सुरूवात निकै खराब रह्यो। उसका लागि एरोन फिन्च शून्य रनमा आउट हुँदा दक्षिण अफ्रिकालाई ठूलो सफल्ता मिल्यो।

त्यस्तै डेभिड वार्नर १४ रनमा आउट हुँदा मिचेल मार्श ११ रनमा आउट भए। त्यस्तै स्टिभ स्मिथ ३५ रन बनाएर पेभिलियन फर्किए। म्याक्सवेलले पनि १८ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पनि खराव प्रदर्शन गर्‍यो। दोस्रो ओभरमा म्याकस्वेलको बलमा कप्तान तेंबा बाउमा १२ रनमा आउट भए।

त्यस्तै अर्को ओभरमा जोस हेजलउडले रासी बेन डेर डुसनलाई २ रनमा आउट गरेपछि दक्षिण अफ्रिका दबाबमा परेको थियो। त्यसपछि क्विन्टन डिकक पनि ७ रनमा नै आउट हुँदा २३ रनको अबस्थामा ३ विकेट गुमाउन बाध्य भयो। त्यसपछि पनि उसको विकेट पतन रोकिएन्।

उसका लागि सर्वाधिक रन चौंथो नम्बरमा ब्याटिङका लागि आएका एडन माक्रमको नाममा रह्यो। उनले ४० रन बनाए। त्यसबाहेक डेभिड मिलरले १६ रन तथा कागिसो रबडाले १९ रन बनाएका थिए।

अस्ट्रेलियाका मिचेल स्टर्क, अडम जम्पा तथा जोस हेजलउडले समान २÷२ विकेट लिएका थिए। म्याक्सवेल र पाट कमिन्सको नाममा समान १(१ विकेट रह्यो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.