|

सिन्धुपाल्चोक : नेकपा एमाले सिन्धुपाल्चोकले ९५ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ।

एक सय तीन वटा वडा रहेको सिन्धुपाल्चोकमा आठ वटा वडामा भने अधिवेशन हुन सकेन। १२ वटा स्थानीय सरकारमध्ये ६ वटा स्थानीय सरकारको ८ वटा वडामा अधिवेशन हुन नसकेको नेकपा एमाले, सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले बताए।

जिल्लाको जुगल गाँउपालिका र भोटेकोसी गाँउपालिकाका २/२ वटा वडा र बाह्रबिसे नगरपालिका, लिसंखुपाखर गाँउपालिका, हेलम्बु गाँउपालिका र बलेफी गाँउपालिकाका १÷१ वटा वडामा अधिवेशन हुन नसकेको हो।

जुगल गाँउपालिका–१ मा भने आयोजक समितिको संयोजक बिरामी भएकोले अधिवेशन हुन नसकेको हो। सम्पन्न भएका सवै वडाका अधिवेशन सर्वसम्मत रुपमा नै सम्पन्न भएको र बाँकी रहेका वडामासमेत छिट्टै अधिवेशन गरिने पार्टीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.