|

सर्लाही : बेग्लाबेग्लै दुर्घटनामा परेर सर्लाहीमा तीन जनाको मृत्यु भएको छ। करेन्ट लागेर दुई जनाको र मोटरसाइकलले ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा ट्युबेलमा पानी चलाउने क्रममा करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्जकी २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको गाउँ कार्यपालिका सदस्य ललन साहले जानकारी दिए।

यसैगरी करेन्ट लागेर नै ब्रहम्पुरी–२ का ४० वर्षीय सुरेन्द्र साहको मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकरी दिए। विद्युतीय पोलमा वाइफाईको तार जोड्न जाँदा साहलाई शनिबार साँझ करेन्ट लागेको थियो।

यसैबीच बागमती नगरपालिका–५ मा मोटरसाइकलले  साइकललाई ठक्कर दिँदा बागमती –८ का १४ वर्षीय बालक प्रकाशबहादुर थिङको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.