|

हेटौंडा : आजदेखि उद्योगी व्यवसायीहरुको साझा संस्था मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा सुरु हुँदैछ।

आइतबार बिहान १० बजेबाट संघको साधारणसभा कार्यक्रम सुरु हुने संघको प्रवक्ता काव्यमणि अधिकारीले जानकारी दिए। उनको अनुसार कोरोना जोखिम कायमै रहेकोले साधारणसभा भर्चुअल माध्यमबाट हुनेछ। सोमबार र मंगलबार संघको नयाँ कार्यसमितिको लागि निर्वाचन प्रक्रिया हुने अधिकारीले बताए।

कोभिड–१९ का कारण केही महिना ढिलो गरी हुन लागेको संघको निर्वाचनबाट नेतृत्व लिनका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल तथा पूर्व अध्यक्ष राजकुमार न्यौपाने प्यानलसहित चुनावी मैदानमा रहेका छन्।

वर्तमान कार्यसमितिका बहुमत सदस्यको साथ तथा पूर्व अध्यक्षहरुको आशिर्वाद लिएका अग्रवालको समूहबाट वाणिज्य तर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल रहेका छन् भने सदस्यमा कुलप्रसाद चौलागाईं, जावेद हुसेन, कृष्णप्रसाद ढुंगाना, दीपक खत्री, अनिलभक्त श्रेष्ठ, दामोदर पाठक, विकेशलाल श्रेष्ठ, कृष्णहरि बर्तौला, निलम पाण्डे र निलम बैद्य उम्मेदवार रहेका छन् । यस्तै उद्योगतर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट तथा सदस्यमा सन्तोषकुमार अर्याल, भुपेन्द्रप्रसाद अधिकारी, श्रीकृष्ण कर्माचार्य भाई, रुपकराज दाहाल र सीतादेवी भेटवाल उम्मेदवार रहेका छन्। 

एशोसियटतर्फको उपाध्यक्ष पदमा बिष्णु खनाल तथा सदस्यमा गणेशप्रसाद भेटवाल, अंकिता सुमार्गी, राजाराम कार्की र दीपक उप्रेती रहेका छन् भने वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणि अधिकारी तथा सदस्यमा पुष्पराज अधिकारी र प्रदीप अर्याल रहेका छन्।

यता राजकुमार न्यौपानेको समूहबाट वाणिज्यतर्फको उपाध्यक्षमा रामप्रसाद न्यौपाने तथा सदस्यमा नेत्रप्रसाद खतिवडा, बिष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाईं, दिवस पराजुली, सुदर्शन खरेल, हरिनारायण ठाकुर, माधव ज्ञवाली, मनु दाहाल, नेत्रकुमारी भट्ट र राजु राउत रहेका छन्।

यस्तै उद्योगतर्फको उपाध्यक्षमा प्रतिमा श्रेष्ठ तथा सदस्यमा ज्ञानेन्द्र बर्तौला, दीपक शिवाकोटी, नरेन्द्र भण्डारी, हरिप्रसाद ढकाल र मेनका श्रेष्ठ रहेका छन् । एशोसियटर्फको उपाध्यक्षमा उज्वल चौलागाईं तथा सदस्यमा अशोककुमार राउत र नवराज खतिवडा रहेका छन् भने वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारी तगा सदस्यमा तेजराज अधिकारी र अजिव भट्टराई रहेका छन्। 

अग्रवालको समूहलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलको साथ र समर्थन रहेको छ भने न्यौपानेको समूहलाई नेकपा एमालेको साथ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.