|
फाइल फोटो

खोटाङ : पहिचान नभएका छाडा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन्।

घाइतेको जिल्ला अस्पताल दिक्तेलमा रेविजविरुद्धको भ्याक्सिन लगाएर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा. बैभव मल्लिकले जानकारी दिए। उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बजारमा यसअघिदेखि नै कुकुरको बिगबिगी थियो। करिब दुई वर्षअघि पनि छाडा कुकुरले जथाभावी मान्छेलाई टोक्न थालेपछि नगरपालिकाले नियन्त्रण गर्न थालेपछि चौतर्फी विरोध भएपछि स्थगन गरिएको थियो।

नेकपा (माओवादी केन्द्र)का युवानेता मिलनचन्द्र राईले सामुदायिक कुकुरको आतंक तत्काल नियन्त्रण गर्न नगरपालिकासँग माग गरे। बजारमा रातका समयमा हिँड्डुल गर्नसमेत समस्या रहेको स्थानीय बासिन्दाले बताएका छन्। ऐसेलुखर्क गाउँपालिकामा समेत छाडा कुकुरको बिगबिगी बढेको स्थानीय बासिन्दाले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.