|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ पारिफाँटाबाट प्रहरीले नगद रकमसहित आइतबार बिहान नौजना जुवाडेलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार स्थानीय नरेन्द्रबहादुर ठगुन्नाको घरमा जुवा खेल्दै गरेकाहरूबाट ५० हजार ४६० नगद रकम बरामद गरिएको छ।

होहल्ला गरी जुवा खेल्दै गरेका नारदसिंह ठगुन्ना, नरेन्द्र ठगुन्ना, लक्ष्मण खड्का, सोवानसिंह धामी, राजेन्द्र चौधरी, कर्णबहादुर बम, दिनेश कठायत, डम्बरसिंह जाग्री र अक्कल धानुकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए। पक्राउ परेकामध्येका नारद ठगुन्ना नेपाली कांग्रेस निकट तरुण दलका नगर सभापति हुन्। 

पक्राउ परेकाहरूमाथि प्रचलित जुवातास ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीको भनाइ रहेको छ। चाडपर्वलाई लक्षित गरी प्रहरीले जिल्लाभर जुवातास नियन्त्रण अभियान सञ्चालन गरेको छ। यसअघि समेत सोही ठाउँबाट प्रहरीले नगद रकम सहित आठजना जुवाडेलाई पक्राउ गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.