|

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको पूर्ण बैठकमा सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूले सहभागी नहुने निर्णय गरेका छन्।

आइतबार बसेको १४ न्यायाधीशको बैठकले यथास्थितिमा जबराले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो। प्रधानन्यायाधीश जबराले सोमबार पूर्ण बैठक बोलाउने तयारी गरेका छन्।

मन्त्रिपरिषद्‌मा भाग मागेको र विकृतिविहीन न्यायालयसम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन नगरेको लगायतका विषयमा प्रधानन्यायाधीश जबरा विवादित बनेका छन्।

जबराले आइतबार बारका पदाधिकारीहरूसँगको छलफलमा सोमबारका लागि आफूले सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक डाक्ने र त्यसमा बारका पदाधिकारीहरू पनि बोलाउने प्रतिवद्धता जनाएका थिए।

उनले बारसँगको छलफलमा आफूले गल्ती गरेको ठाउँमा माफी माग्न तयार रहेको बताएपनि सर्वोच्चकै न्यायाधीश उनको विपक्षमा देखिएका छन्। राजनीतिक भागबण्डाको विषयमा जोडिएका प्रधानन्यायाधीश जबरालाई पछिल्लो समय राजीनामा दिन चौतर्फी दबाव बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.