|

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एक जना डेनिस नागरिकको मृत्यु भएको छ।

मकालु–२ मकालु आधार शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार एडर्शनको मकालु आधार शिविरभन्दा केही माथि शनिबार दिउँसो मृत्यु भएको हो। गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए।

यसैबीच मकालु आधार शिविरमा फसेका दुई विदेश पर्यटकसहित एक नेपालीको सकुशल उद्धार गरिएको छ। आइबार दिउँसो दुई जना डेनिस नागरिक र एक जना नेपालीको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ।

मकालु आधार शिविरको हिउँमा फसेका अन्य ६ जना नेपाली नागरिकलाई उद्धारको पहल भइरहेको उद्धारमार्फत काठमाडौं पुगेका निरज कार्कीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.