|

काठमाडौं : टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा भारतले कप्तान विराट कोहलीको अर्धशतकको मद्दतमा पाकिस्तानसामु जितका लागि एक सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको हो। कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए। ४९ बलको पारीमा उनले ५ चौका र १ छक्का प्रहार गरे। भारतले खेलमा निकै खराब सुरुवात गरेको थियो।

६ रनमै भारतले दुई ओपनरलाई गुमायाे। रोहित शर्मा शुन्य रनमा तथा केएल राहुल ३ रनमा पेभेलिएन फर्किए। सूर्यकुमार यादव पनि ११ रनमै आउट भएपछि कोहलीले ऋषभ पन्तसँग मिलेर पारी सम्हाले।

पन्तले ३९ रनको योगदान दिए। त्यसपछि कोहलीलाई रवीन्द्र जडेजाले १३ रन बनाउँदै साथ दिए भने १९ औं ओभरमा कोहली क्याच आउट भए। भारतले १२ अतिरिक्त रन पाएकाे छ।  पाकिस्तानका लागि शाहिन अफ्रिदीले ३ विकेट लिए भने हसन अलीले २ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.