|

निरन्तर एकै ठाउँमा चक्कर काटिरहेको नेपाली राजनीतिबारे यतिखेर अभिमतीय लेख–रचनाको बाढी नै आएको छ। कालो बादलमा चाँदीको घेरा भनेझैं यो गतिरोध चिन्तन–मन्थन–प्रकाशनको एउटा अवसर नै भएको छ। तर सुन्नुपर्नेले नसुनेपछि धेरैजसो यो अरण्यरोदनमै सीमित रहन बाध्य छ।

विवादास्पद, कठिन र जोखिमपूर्ण परिस्थितिबाट हुनेसम्म तर्किन चाहनु एउटा कुरा हो तर काँशी जाने भन्दै कुतीतिर लगियो भने रसुवा पुग्नासाथ जसरी होस् अबिलम्ब फर्किनैपर्छ। जसरी औषधिले नहुने टुंगो लाग्नासाथ शल्यक्रिया गराउनैपर्ने कठिनाइ जस्तै।

राष्ट्रिय जीवनमा पनि कहालीलाग्दा दिन आउँछन्।खासगरी अनविज्ञ चालकविज्ञ भएको भ्रमग्रस्त वा बहानाबाज वा विज्ञ नै भएर पनि अवसरवादी वा लापरवाह पर्‍यो र सवारलाई भुल्याउँदै, दबाउँदै, आपसमा लडाउँदै वा विभिन्न किसिमका पीडा र समस्यामा पार्दै अनेक दुख दिनुका साथै राष्ट्रिय गतिप्रवाहलाई ढिल्यायो वा गलत दिशोन्मुख गरायो भने। 

कानुनको यथार्थ कार्यान्वयन र दण्डहीनताको अन्त्य चाहिएको छ। अर्थात् वाद, जात, क्षेत्र, दल, साइनो, पद, केही नहेरी आवश्यकता र योग्ताअनुसारको काम अनि कामअनुसारको दाम वा दण्ड चाहिएको छ जसको सुरुआत भने दाम खाने काम तर उल्टोउल्टो गर्ने विगत–वर्तमान हर्ताकर्ताहरूबाटै हुनुपर्ने हो।

महाभारतको युद्धलाई पाँच अन्धाको उपज भनेझैं नेपाली इतिहास पनि भ्रमणचक्रको यस्तै कुनै बिन्दुमा आइपुगेको हो कि जस्तै लाग्छ जहाँ केही अन्धाहरू चालकको अभिनय गरिरहेछन्। निर्माणको अभियान नसिद्धिँदै वैचारिक अन्योल, भावनात्मक संवेदनहीनता र त्यसबाट जन्मिएको आफूछउन्जेल जसरी पनि राजगर्ने मरेपछि जेसुकै होस् भन्ने घातक सोचको अन्धसुरुङमा पस्छ यो देश। भासमा परेको हात्ती वा आँधीमा परेको जहाजजस्तै र करीब ७२ वर्षसम्म एकपछि अर्को रक्तस्नानबाहेक गन्तव्यहीन रहेको छ।

हुनत उस्तै रक्तरंजित अभियानमार्फत जङ्गबहादुरले पुनगन्तव्य दिए। तर आत्मशक्ति, आत्मश्लाघा र आत्मसुखमा केन्द्रित त्यो पनि वृहत् राष्ट्रिय उत्थान सम्बन्धी दूरगामी लक्ष्य तथा जनभावनात्मक संवेदनशीलतातर्फशून्य नै रहदै आयो।

सातसालमा वृहत् लक्ष्यतफउन्मुख हुन खोजेको यो देश पुन उही वैचारिक अन्योल, भावनात्मक संवेदनहीनता र बौद्धिक अपंगताकै शिकार हुनपुग्यो। जुन क्रमश आठवर्षे अन्योल, डेढवर्षे प्रजातन्त्र, तीसवर्षे पंचायत, दशवर्षे सशस्त्र अभियान तथा दुई विशाल जनान्दोलनका बाबजुद हालसम्म पनि कायमै छ।

यसरी पल्लो बहत्तर, बीचको एकसयचार र ओल्लो एकहत्तरसमेत यो मुलुक क्रमश अघोषित–विकसित, घोषित–सुनियोजित र अघोषित–बदनियोजित प्रच्छन्न अराजकतामा निरन्तर कठ्याङ्रिएको छ।

पछिल्लो यथार्थ त झन् तावाबाट झरेर भुङ्ग्रामा परेको भनेजस्तै वैधानिक अराजकताको झन् कठोर छद्य संजालमा परेर ओल्लो घाट न पल्लो तीर भएको छ। एउटालाई प्रतिगमनकारी भन्दै झन् कठोर प्रतिगमनजन्य नाटकीयताको फेला परेको छ। अर्थात् एउटाले पानी धमिल्यायो भनेर हटाउने र आफू सङ्ल्याउने बहानामा झन् धमिल्याएर धमाधम माछा मारिरहने बदनियोजनको फेलापरेका छन्। जसका देहायका बाध्यता देखिन्छन्।

१. देशको आर्थिक–सामाजिक–प्रशासनिक तथा संरचनात्मक परिवेश सितिमिति नसँभालिने गरी लथालिङ्ग भएको छ। प्रथमत आजसम्म स्वर्णमय झुट्टा सैद्धान्तिक सपना बाँडेर आन्दोलनका निमित्त शैक्षिक–वर्गीय–व्यवसायिक–सरकारी–स्वतन्त्र सबै जनशक्तिलाई स्वस्फुर्तदेखि परप्रेरणा, उक्साहट, दबाब, छलछाम अनेक माध्यमद्वारा उपयोग गरियो।

यस क्रममा राष्ट्रिय हितका निमित्त भनेर तर राष्ट्रिय हीतमा भन्दा टाढाका कुरा त्यससँग मिसाइएको छ। केही त्यति स्वाङ पनि नपारी अलग्गै दलीयदेखि व्यक्तिगत स्वार्थका निमित्तसमेत गुटगतदेखि व्यक्तिगत लाभका कुरा निहित छन्।

गोप्य–खुल्ला, मर्यादित–अमर्यादित अनेक आश्वासन, प्रलोभनसहित हिंसात्मकअहिंसात्मक, आवश्यकअनावश्यक काममा प्रयोग गरियो। ब्यारेकबाट निकालिएको सेनाजस्तै यो शक्तिलाई अन्तत अभियानपश्चात् पनि साविक स्थितिमा नफर्काई अवसरअनुसार परिचालित गरिरहने बदनियतवश कठपुतलीझैं जात–वाद–वर्ग–लिङ्ग आदिका सूत्रमाफत् औँलामा लटकाइराखियो।

फलत देशमा उद्देश्य, आस्था, उत्साह, विश्वास, नैतिक–चारित्रिक मुल्य आदि पूर्णत खलबलियो। यसलाई सँभाल्न लर्तरो इच्छाशक्ति, नैतिक–चारित्रिक बल, वैचारिक स्पष्टता, प्रजातन्त्र र विधिको शासनप्रति प्रतिबद्धता, कार्यकुशलता तथा सक्षम बौद्धिक–राजनैतिक–सांगठनिक परिवेशविना सम्भव छैन। तर यी आदर्श, क्षमता र परिवेश विद्यमान नेतृत्वसँग नभएको प्रमाणित भैसकेको छ।

२. तेस्रोविश्वका धेरैजसो देश भौतिक–जैविक साधनले सम्पन्न भएपनि शैक्षिक–प्राविधिक परिपक्वतामा पछाडि; अन्धविश्वासजनित रूढीमा जकडिएका; जातीय–धार्मिक–लिङ्गीय–वर्गीय आदि विविधतालाई व्यवस्थापनको सट्टा हिंसात्मक सीमासम्म चर्काइएका छन्।

अनुशासनहीन–लक्ष्यहीन–दायित्वहीन नेतृत्वद्वारा लोकतान्त्रिक संस्कार र वृहत् राष्ट्रिय लक्ष्यको सट्टा अवसरवाद–क्षणिक भौतिक लाभ–हिंसात्मक हदसम्म शक्तिको दुरुपयोगजस्ता मानसिकता एवं आदतमा ढालिएका र उसैबेला शक्ति राष्ट्रहरूका आर्थिक–सामरिक हितका तानातानमा च्यापिएका झन् ससाना राष्ट्र आज विश्वराजनीतिक दाउपेचका क्रसरोड भएका छन्।

नेपाल यसको दीर्घभुक्तभोगी हो। तर वर्तमान नेपाली नेतृत्व यस वैश्विक दाउपेचबाट स्वीटजल्र्यान्ड–इजरायलआदिलेझैं सक्षमतापूर्वक उपरोक्त कमजोरीको आन्तरिक व्यवस्थापन तथा बाह्य कुटनैतिक परिचालनद्वारा आफूलाई सकुशल अगाडि लाने न इच्छाशक्ति राख्छ, न त्यसो गर्न सक्नेमा विश्वास। न ऊसँग त्यस्तो बौद्धिक–चारित्रिक–कूटनीतिक सक्षमता नै छ। उल्टो आन्तरिक प्रतिस्पर्धाका निमित्त राष्ट्रिय हितका समेत मुल्यमा ती शक्तिको प्रयोग गरेर खेलिरहनेमा बदनाम छ।

३. यस दुखद स्थितिका बाबजुद नेपाली जनतामा अभिसंचित राष्ट्रियता, लोकतन्त्र, शान्ति र आपसी सहिष्णुताप्रतिको अटल आस्था तथा विश्वसमुदायमा स्वतन्त्र, अक्षुण्ण, विभिन्न किसिमका विशेषताले सम्पन्न एउटा लोकप्रिय मित्रराष्ट्रका रूपमा स्थापित नेपालको हैसियत, छवी र व्यवहारका कारण आन्तरिक तथा बाह्य दुवै

असुरक्षाबाट मुक्त यस देशलाई अवसरको लाभस्वरूप यत्तिकै राखेर आपसमा असहमतजस्तो देखाउँदै (खानेकुरामा भने तुरुन्त सहमत हुँदै), बेलाबेला केही कार्यकर्ता जुधाउने–मराउन–थुनाउने नाटक गर्दै यही अराजक धमिलोमा, प्रचण्डका शब्दमा पच्चीसौँ वर्ष (इतिहासका दुइसय अडतीस वर्षजस्तै ?) दुहिरहनुभन्दा सजिलो न अरू उपाय छ, न उपाय खोजिरहनै परेको छ।

हुन पनि ‘टुटेका फुटेका रङरोगन खुस्केका फगत क्यारमका गोटी’को बिम्ब बनेको वर्तमान नेतृत्वसँग समाजवाद, जातिवाद, संघवाद, क्षेत्रवादजस्ता अनेक चिरअमूर्त सपना÷बहाना खोजीखोजी जनभावनालाई अल्झाउँदै–अलमल्याउँदै सुनको बाला देखाएर सोझा बटुवाको शिकार गर्ने बूढो बाघलेझैं उपयोग गरिरहनुबाहेक न कुनै योजना बाँकी छ, न आत्मबल, न सीप।

४. संघीय संविधान कार्यान्वयनको नियति देखिहालियो। वैधानिक अनुशासनबाट बाहिर निकालेर खुद केन्द्रीय नेतृत्वले प्रदेश तथा स्थानीय नेतृत्वलाई नियतपूर्वक मनोमानी गर्ने लाइसेन्स बाँडेजस्तै दण्डहीनता, भ्रष्टाचार, महँगी, असुरक्षाजस्ता विसंगति जीवनका अनिवार्य अङ्ग भएका छन्। यसरी स्थिति जति लथालिङ्ग भए पनि त्यसमा खेल्नसक्ने र खेलिआएका राजनीतिका, निजामती–जङ्गी–नोकरशाहीका, उद्योग–व्यापार–जमिन्दारीका, शिक्षा–कला–साहित्य–समाजसेवाका, बाहुबल–बन्दुक–बदचलनका ठुला, अर्थात् राज्यसंचालनका निर्देशक र तामेलदार वा सारथि र सहायक सबै ठुलामा  सत्तासुखको स्वत बन्दै–बद्लिँदैरहने स्वस्फुर्त साझेदारी भैसकेपछि यत्तिकै खेलिरहन कसले रोक्ने? शक्ति–साधन–स्थानहीन सधैँ कुण्ठित बाँच्ने सर्वसाधारणको न चिन्ता न डर। हिजो पनि तिनीहरू कुण्ठितै थिए, आज पनि छन् र भोलि पनि रहनेछन्, अर्को दुईसय वर्षै किन नहोस् !

बस्, टुग्ंग्याउनीमा केमात्र थप्न बाँकी रहन्छ भने यो देशलाई (जुनै देशलाई पनि) वास्तवमै व्यवस्थित–गतिशील गर्ने हो भने समाजवाद, पूँजीवाद, जातिवाद, संघवाद, क्षेत्रवाद वा कुनै फलानैवाद होइन। कुनै वाद पनि सम्पूर्ण हुँदैन भन्ने सत्य विश्वइतिहासले पटकपटक प्रमाणित गरिसकेको छ।

कानुनको यथार्थ कार्यान्वयन र दण्डहीनताको अन्त्य चाहिएको छ। अर्थात् वाद, जात, क्षेत्र, दल, साइनो, पद, केही नहेरी आवश्यकता र योग्ताअनुसारको काम अनि कामअनुसारको दाम वा दण्ड चाहिएको छ जसको सुरुआत भने दाम खाने काम तर उल्टोउल्टो गर्ने विगत–वर्तमान हर्ताकर्ताहरूबाटै हुनुपर्ने हो।

तसर्थ सार्वभौम नेपाली जनताका लागि जे छ अढाइसय वर्षदेखि हिँडेजस्तो गर्ने तर जनदवाबवश मौकामौकामा अलिअलि भेष बदल्ने तर बुख्याचाझैं एकै ठाउँमा हल्लिमात्र रहने बाटो छेकेर बसेको यो नजानिँदो अलमलको नायकत्वलाई अझै देख्नुनदेख्नु र तिनिहरूलाई ठेगान लाउन सक्नुनसक्नुमै छ अथवा छ निरन्तर आलोचित नेतृत्वले यसोमात्र होइन भनेर प्रमाणित गर्नुमा ! अस्तु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.