|

काठमाडौं :  हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात भएको छ। मुक्तिनाथ मन्दिर भन्दा माथिको पहाड क्षेत्रमा हिउँ परेको हो ।

मुक्तिनाथका होटल अन्नपुर्ण इनका सञ्चालक अमृत सुवेदीका अनुसार मुक्तिनाथ मन्दिर भन्दा माथिल्लो भेकमा हिजो बेलुका देखि हिउँ परेको छ। 

मुक्तिनाथ दर्शनकालागि आएका पर्यटकहरु हिउँ परेकोदेखेर उत्साहीत भएको सञ्चालक सुवेदीले बताए। यस वर्ष गत हप्ता पानी पर्ने क्रममा सामान्य हिमपात भए पनि आइतबार अलिक बाक्लो हिउँ परेको सुवेदीको भनाइ छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बेलुकादेखि हिउँ परेकाले चिसो केही बढेको बताए। 

बस्ती सम्म आएको छैन तर मुक्तिनाथ मन्दीर भन्दा माथिल्लो क्षेत्र र अन्य उच्च पहाडमा थप हिउँ परेको छ। 

सीमा प्रहरी चौकी लोमन्थाङका सई डोलराज भण्डारीले कोरला नाका क्षेत्र र माथिल्लो पहाडी डाँडाहरुमा हिउँ बेलुका परेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.