|

काठमाडौं : कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट आएको कोभिडविरुद्धको १ लाख ६२० डोज फाइजर खोप २८ कात्तिक देखि लगाइने भएको छ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार २८ गतेदेखि मंसिर ३ गतेसम्म यो खोपको पहिलो डोज लगाइने बताए। फाइजर खोप पहिलो डोज लगाएको ३ देखि ४ हप्ताको बीचमा दोस्रो डोज लगाउनुपर्ने समेत उनले बताए ।

 विहान ९ बजे कतार एयरको नियमित उडानबाट ल्याइएको खोप हाल त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट रिसिभ गरी टेकु तर्फ लगिसकेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाले जनाएको छ ।

खोपलाई टेकुस्थित आपूर्ति शाखाको गोदाममा लगेर राखिने उनले बताए । माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने यो खोपका लागि आपूर्ति शाखामा ४ वटा  फ्रिजमा  भन्डारण गरेर राखिएको आपूर्ती शाखाले जनाएको छ।

१२ बर्ष माथिका दीर्घ रोगीलाई लगाइने

बालबालिकालाई समेत लगाउन मिल्ने अमेरिका र युरोपमा बढी विश्वसनीय मानिएको यो खोपलाई नेपालमा भने १२ बर्ष माथिका दीर्घ रोगीहरुलाई लगाइने भएको छ।

खोप शाखा प्रमुख दाहालका अनुसार यो खोप १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई दिइने योजना बनाइएको बताए। ‘बालबालिका उमेर समूहलाई पनि लगाउन मिल्ने यो खोपलाई हामीले १२ बर्ष माथिका दीर्घ रोगीहरु जस्तै : क्यान्सर, मधुमेह, मिर्गौला डायलाइसिस, मस्तिष्कघात भएका लगायतका बिरामी व्यक्तिहरु जो उपचारको लागि अस्पताल र अस्पताल बाहिर हुनुहुन्छ उहाँहरुलाई दिने निर्णय भएको छ।‘

देशभर २४ खोप केन्द्र

दाहालका अनुसार फाइजर खोप लगाउन हाल उपत्यकामा ९ वटा केन्द्र गरि देशभर २४ वटा खोप केन्द्र तोकिएको समेत उनले बताए। ‘उपत्यकामा ९ वटा र बाहिर १५ वटा खोप केन्द्र तोकिएको छ, यी सबै खोप केन्द्र सरकारी अस्पतालहरू हुन्’ उनले भने।

फाइजर खोप हालसम्म नेपालमा आएका कोरोना विरुद्धका अन्य खोपभन्दा फरक भएकाले हाल स्वास्थ्यकर्मी र भन्डारण गर्ने स्वास्थ्यकर्मीहरुलाई यस खोपको प्रयोग र सुरक्षाबारे तालिम दिइरहेको समेत उनले बताए।

फाइजर खोप धुलोमा हुन्छ यसलाई घोलेर लगाउनु पर्छ जसले गर्दा यसको प्रयोग बारे अहिले स्वास्थ्यकर्मीहरुलाई तालिम दिँदै छौँ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.