|

हेटौंडा :  हिन्दु नेपालीहरूको अर्को महान् पर्व तिहार नजिकिएसँगै बजारमा सयपत्री र मखमली फूलको खरिदबिक्रीको चहलहपहल बढेको छ।

आइतबार हेटौंडामा काठमाडौंबाट तिहारलाई लक्षित गर्दै गमलामा सजाउन सयपत्रीको साना फूलेको फूलको विरुवा भित्रिएका छन्। हेटौंडाको कुमारी नर्सरीको सञ्चालक बद्री पौडेलले करिब डेढ लाख बराबरको एकहजार पाँचसय फूलको बोट गमलासहित  काठमाडौंबाट ल्याएका हुन्।

उनले फूलेको फूलको बोटलाई प्रतिगोटा ६० देखि एकसय ५० रुपैयाँको दरले बेच्ने बताए। तिहारमा लगाउने र घर सजाउनको लागि अझै केही समय बाँकी रहेकोले अहिले फूलको थुंगो नभएर घरको गमलामा सजाउने फूलेको फूलको सानो बोट नै ल्याइएको उनले बताए। पौडेलले हेटौंडामा स्थानीय उत्पादनले माग नधान्ने भएकाले काठमाडौंबाट फूल ल्याइएको बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.