|

काठमाडौं : पूर्ण इजलास बहिस्कार गरेर अलग्गै छलफलमा जुटेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठकले भोलि प्रधानन्यायाधीशलाई भेट्ने निर्णय गरेकाे छ।

विहानदेखि इजलास बंक गरेर छलफलमा जुटेका न्यायाधीशहरूले भोलि बिहान साढे ११ बजे प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सामुहिक रुपमा भेटेर न्यायलयमा देखिएको समस्याहरुबारे आफ्नो धारणा राख्ने निर्णय भएको एक न्यायाधीशले बताए।

प्रधानन्यायाधीश जबराको जवाफ सुनेपछि फेरि सबै न्यायाधीश बसेर छलफल गर्ने र निर्णयमा पुग्ने सहमति न्यायाधीशहरूबीच भएको ती न्यायाधीशले जानकारी दिए। सर्वोच्चका अधिकांश न्यायाधीशले अदालत विवादमा परेको भन्दै प्रधान न्यायाधीशले निकास दिनुपर्ने बताएका छन्।

आज १० वटा इजलास तोकिएकामा कुनै पनि इजलासमा मुद्दामाथि सुनुवाइ भएको छैन। न्यायाधीशहरू प्रधानन्यायाधीशका विरुद्ध छलफलमा जुटेपछि मुद्दाको सुनुवाइ भने प्रभावित भएको छ। 

आइतबारमात्रै नेपाल बार एशोसिएसनका पदाधिकारीहरूले जबरालाई भेटेर तत्काल पूर्ण इजलासको बैठक राख्न आग्रह गरेका थिए। त्यसलगत्तै बसेको १४ न्यायाधीशको बैठकले प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.