|

काठमाडौं : दशैँ सकिएर तिहार नजिकिँदै छ। तिहारका लागि पुष्प व्यवसायीहरूले फूलमालाको बिक्री वितरण सुरु गर्न थालिसकेका छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित वनमाला टोलमा ढकमक्क फूलेको मखमली फूलले तिहार नजिकिँदै गरेको झल्को दिएको छ।

यहाँका स्थानीयवासी व्यावसायिक रुपमा फूलखेती गर्ने गर्छन्। उनीहरू तिहारका लागि मखमली फूल टिप्न र बजारमा बिक्री वितरण गर्नका लागि तयारी सुरू गरिसकेका छन्। मखमलीको एउटा माला ३० देखि ३५ रुपैयाँमा बिक्री हुने गर्दछ। यस वर्षको भाइटीका कात्तिक २० गते परेको छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.