|

काठमाडौंः पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन्। समीक्षा पछि पलले पनि सामाजिक सञ्जालमार्फत यसको खण्डन गरेका छन्। 

जुनसुकै क्षेत्रमा पनि काम गर्दा केही व्यक्ति कहीँ न कहीँ, कुनै न कुनै प्रकारले नजिक हुने र आफूहरूको सम्बन्ध पनि त्यस्तै रहको पलले जनाएका छन्।

उनले लेखेका छन्, 'मेरो पेशा र विधाका कारण मैले धेरै मान्छेहरू सँग सहकार्य गर्नुपर्ने हुन्छ। मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरू माझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु। अरू कलाकारहरू सँग जस्तै र अरूले जस्तै साङ्गीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाहरूलाई विदितै छ।'

आफूमाथि लागेका आरोपको कुनै आधार नरहेको जनाउँदै उनले लेखेका छन्, 'हुँदै नभएका, गर्दै नगरिएका, बिनाआधारका कुराहरूलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्त्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दु:खी बनाएको छ।' 

आफ्नो र समीक्षाको बिचमा साथी र सहकर्मीको मात्रै सम्बन्ध रहको उनले उल्लेख गरेका छन्। यसअघि समीक्षाले पनि पल आफ्नो लागि अविभावक जस्तो रहेको भन्दै चलिरहेको हल्लाको खण्डन गरेकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.