|

काठमाडौं : पशुपति क्षेत्र विकास कोषका ६६ जना अस्थायी,ज्यालादारी कर्मचारी आन्दोलनमा उत्रिएका छन्। कोषले पूर्व जानकारीबिना नै कामबाट निस्कासन गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। 

गत १ साउनबाट नियमित हाजिर गर्न नदिएको भन्दै पशुपति क्षेत्र विकास कोषको कार्यालयमा धर्ना दिएका थिए। नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले कोषले कुनै जानकारीबिना नै कामबाट निस्कासन गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेलाई ज्ञापन पत्र बुझाएका छन्।

 कर्मचारीले कोषमा पुनर्बहालीकाे माग गरेका छन्। पशुपति क्षेत्र विकास कोषले भने तत्कालै कुनै पनि निर्णय गर्न नसकिने बताएको छ। कोषका सदस्य सचिव मिलन कुमार थापाले तत्कालै कोषले निर्णय गर्न सक्ने विषय नभएकाे बताए। मन्त्रिपरिषद्को  बैठकपछि मात्र निर्णय हुने उनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.