|

काठमाडौं : एएफसी एसियन कप छनोटमा नेपाली यू-२३ फुटबल टिम पराजित भएको छ।

नेपाली टिम सोमबार इरान यू-२३ फुटबल टिमसँग ४-० गोलले पराजित भएको हो। ताजकिस्तानको सेन्ट्रल रंगशालामा सम्पन्न खेलमा गोलकिपर अर्पण कार्कीको कप्तानीमा मैदान उत्रिएको नेपाली टिमले बलियो टिम इरानसँग लज्जास्पद हार बेहोरेको हो।

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा भने नेपालले सोही प्रदर्शन कायम राख्न सकेन्। खेलको १७ औं मिनेटमा नेपालका अभिषेक लिम्बूले विपक्षी टिमका खेलाडीलाई डी बक्सभित्रै फउल गरेपछि इरानले पेनाल्टीको अवसर पाएको थियो।

इरानी स्किपरले त्यो अवसरलाई गोलमा बदल्न सकेनन्। यससँगै नेपालले एसियन कपको छनोटमा खराब सुरुआत गरेको छ। अब नेपालले अक्टोबर २८ मा ताजकिस्तान र ३१ मा लेबनानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले यसअघि पनि एकपटक एसियन कप छनोटमा इरानसँग खेलेको थियो। ६ वर्षअघिको खेलमा नेपाल ५-० गोलले पराजित भएको थियो। बेहोरेको हो। अर्को वर्ष हुने एसियन कपको छनोट खेल्न अहिले नेपाली यू-२३ टिम ताजकिस्तानमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.