|

काठमाडौं : सर्वोच्च अदालत बार एशोसिएशनले पनि प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ।

सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीश जबरा आफ्नो भूमिका निर्वाह गर्न असफल तथा असक्षम भएको निष्कर्ष निकाल्दै राजीनामा दिनुपर्ने निर्णय गरेको हो।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उचित न्यायिक नेतृत्व गर्न नसकेको कारण आजैका लागि तोकिएको पूर्ण बैठकसमेत बस्न नसकेबाटै वर्तमान प्रधानन्यायाधीश नेपालको संविधानको धारा १३६ बमोजिम प्रभावकारी भूमिका निर्वाह गर्न असफल तथा असक्षम रहेको यस बारको निष्कर्ष रहेको छ।’

न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्ग प्रशस्त गर्न पनि जबराले राजीनामा दिन उचित भएको बारको जनाएको छ।  नेपाल बार एशाेसिएशनकाे आजै बसेकाे बैठकले पनि जबराकाे राजीनामा माग्ने निर्णय गरेकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.