|
फाइल तस्वीर

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–२ मकालु आधारशिविरबाट ४ जनाको उद्धार गरिएको छ।

मकालु आधारशिविरको हिउँमा फसेका ४ जना नेपालीको सोमबार हेलिकप्टरले उद्धार गरेको हो।

विश्वको पाँचौं अग्लो हिमाल मकालु आरोहणका लागि असोज २५ गते ३ विदेशीसहित ७ जना नेपाली आधारशिविर पुगेका थिए।

मकालु आधारशिविरको हिउँमा काठमाडौंका अनोज चुडाल, सोलुखुम्बूका जंग कुलुङ राई, दिपक कुलुङ राई, दिनेन्द्र कुलुङ राईलाई सोमबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरेर सोलुखुम्बू लगिएको टोलीका सदस्य निरज कार्कीले जानकारी दिए।

कार्कीका अनुसार सोलुखुम्बूका विष्णु कुलुङ राई र तेन्जिङ भोटेको उद्धार हुन बाँकी छ। विष्णु र तेन्जिङ मकालु गाउँपालिका–२ को लाङमालेमै रहेको कार्कीले बताए।

मकालु आधारशिविरमा फसेका कार्की र डेनमार्कका दुई नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरेर आइतबारै काठमाडौं लगिएको थियो। 

आरोहणका लागि मकालु आधारशिविर पुगेका डेनमार्कका थोर्वजन एडर्शनको शव ४ दिन बित्दा पनि उठ्न सकेको छैन।

गत शुक्रबार मकालु–२ को मकालु आधारशिविरमा डेनमार्कका एडर्शनको मृत्यु भएको थियो। कानुनी प्रक्रिया सकिएपछि मात्र शव उठ्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.