|

काठमाडौं : काठमाडौंमा आजदेखि कोरोना भाइरसविरुद्ध एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदैछ। 

जिल्लाका ८ वटा स्थानीय तहमा आजदेखि तीन दिनसम्म खोप लगाउन लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।  काठमाडौं महानगरपालिकासहित, किर्तिपुर, चन्द्रागिरी, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरापालिकामा खोप अभियान संचालन हुनेछ। 

महानगरपालिकाभित्र नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल, परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पताल थापाथली र सिभिल अस्पताल बानेश्वरमा खोप केन्द्र राखिएको छ। 

महानगरपालिकाको हकमा भोलि सबै वडामा खोप केन्द्र संचालन हुने र आवश्यकताका आधारमा महानगरले दिन थप गर्न सक्ने बरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.