|

काठमाडौं : टी–२० विश्वकपमा मंगलबार सुपर–१२ को भिडन्त अन्तर्गत समुह–१ मा पहिलो खेलमा पराजित दुई टीम दक्षिण अफ्रिका र वेस्टइन्डिज प्रतिस्पर्धा गर्दै छन्।  सेमिफाइनल आस कायम राख्न पनि दुबै टीमलाई जित अत्यावश्यक रहेको छ। 

दुबईमा हुने यो भिडन्त दिउँसो ३ः४५ हुने छ। दुबै टीम आ–आफ्नो पहिलो खेलमा पराजित भएकाले दुबै गर या मरका रुपमा मैदानमा उत्रने  छन्।

दक्षिण अफ्रिका शनिबार अस्ट्रेलियाविरुद्ध ११८ रन मात्रै बनाउन सकेको थियो। जसका कारण उसको लगातार सात जितको यात्रा अन्त्य भएको थियो। यसअघि पछिल्लो पटक गत जुलाईमा वेस्टइन्डिजविरुद्ध दक्षिण अफ्रिका पराजित भएको थियो। वेस्टइन्डिज सुपर १२ को पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध केवल ५५ रन मात्रै जोड्न सकेको थियो। 

यद्यपि यो फर्म्याटमा साविक च्याम्पियन वेस्टइन्डिजमा एक से एक पावर हिटर रहेका छन्। त्यसैले दोस्रो खेलबाट पुनरागमनको प्रयासमा वेस्टइन्डिज रहने छ।

कस्तो छ मैदानको अवस्था ?

दुबईमा मा वेस्टइन्डिजको टीमले ५५ रनमात्रै जोडेको थियो। यद्यपि यहि मैदानमा भारत र पाकिस्तानबीच ३०० भन्दा बढी रन बन्यो। कम्तिमा पनि १६० प्लसको स्कोर जितका लागि यो मैदानमा आवश्यक हुने छ। मैदान ओस हुने भएकाले पछि ब्याटिङ गर्ने टीमलाई फाइदा मिल्ने छ।

वेस्टइन्डिज र दक्षिण अफ्रिकाले टी-२० विश्वकपमा तीन पटक प्रतिस्पर्धा गरेका छन्। जसमा वेस्टइन्डिज केवल एक खेलमा जित हासिल गर्न सफल भएको छ।

आजै हुने अर्को खेलमा पाकिस्तान र न्यूजिल्याण्ड आमनेसामने हुने छन्। दुवै टोलीबीचकाे खेल साँझ सवा ८ बजे सुरु हुने छ। पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै उच्च मनोबलका साथ मैदानमा उत्रने छ। न्यूजिल्याण्ड  विश्वकपमा पहिलो खेल खेल्दै छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.